सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषालको संगीत रहेको गीतलाइ भाका इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।
मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेम देखाइएको ‘सरला’मा
मधेशी समुदायमा हुर्के(बढेका अभिनेता नाजिर हुसेनले भिडियोमा अभिनय गरेका छन् । उनलाई अनु थापाले साथ दिएकी छन् । अन्तरजातिय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ ।सागर प्रधानको क्यामेरा , जिवन थापाको सम्पादन र कलर ग्रेडिङ रहेको भिडियोलाइ सार्वजनिक भएसंगै दर्शकले राम्रा राम्रा प्रतिक्रिया दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा