सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । तनहुँ व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता विरोधमा उत्रिएका थिए। बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई जिल्ला छोड्न भन्दै नारा लगाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा