सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मस्को । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को साताको अन्तिमतिरबाट मुलुकका सर्वसाधारणलाई कोभिड १९ विरोधी खोप अभियान सुरु गर्न आदेश दिएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी र शिक्षकहरुलाई खोप दिइने प्राप्त समाचारमा उल्लेख छ ।
रसियाली औषधी उद्योग ठूलो स्केलको खोप अभियानका लागि तयार छन् । यसअघि नै उत्पादन सुरु भइसकेको रसियाली खोप स्पुतनिक भीको मात्र आगामीदिनमा २० लाख पुग्ने पुटिनले बुधबारको टेलिकन्फेरेन्समा बताए ।
‘म तपाईंहरुलाई अर्को साताको अन्त्यतिरबाट ठूलो स्तरमा खोप अभियान सुरु गर्न आवश्यक काम गर्न आग्रह गर्दछु,’ पुटिनले उपप्रधानमन्त्ती तात्याना गोलिकोभालाई भने । उपप्रधानमन्त्रीले तयारी पूरा भएपछि जानकारी गराउने बताइन् । जवाफमा पुटिनले आफूलाई जानकारी गराइरहनु नपर्ने तर खोप अभियान चाहिँ सुरु हुनुपर्ने बताए ।
कोभिडविरोधी खोप ऐच्छिक हुने र लगाउँदिन भन्न पनि पाइने बताइएको छ । रसियाली नागरिकका लागि खोप निःशुल्क हुने बताइएको छ ।
स्पुतनिक भी संसारकै सबैभन्दा पहिले मान्यता पाएको कोभिड १९ विरोधी खोप हो । रसियाले गत अगस्टमै उक्त खोप दर्ता गरेको थियो । त्यसबेला नोभेम्बरबाट खोप कार्यक्रम सुरु हुने बताइएकोमा केही ढिला गरी सुरु हुन लागेको हो ।
उता बेलायतले अमेरिकी कम्पनी फाइजरले उत्पादन गरेको कोरोनाविरोधी खोपलाई अनुमोदन गरेको छ । बेलायतमा पनि अर्को साताबाट खोप अभियान सुरु हुने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा