सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत ग्राहकले आफैं मुद्दती खाता खोल्न सक्ने सुविधाको सुरु गरेको छ । डिजिटल बैंकिङको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यो सेवा सुरु गरेको जनाएको छ ।
बैंकका ग्राहकले एनआइसी एसिया मोब्यांक एपमा रहेको फिक्स्ड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । ग्राहकले कम्तीमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त मुद्दतीमा वार्षिक ब्याजदर क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सकिने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा