सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृह मन्त्रालयद्वारा डिआइजी विश्वराज पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस काठमाडौं, १५ मंसिर । नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस भएका छन ।
सोमबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था छ ।
२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवामको अनुभव बटुलेर पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा