सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय म्याराडोनाको र्डियाक एरेस्टका कारण नेपाली समय अनुसार बुधबार राति निधन भएको एजेन्सीहरुले जनाएका छन् ।
अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो । नोभेम्बरको सुरुतिर मस्तिष्कमा जमेको रगतको अपरेसन गराएका म्याराडोनाले अल्कोहलमाथिको निर्भरता हटाउने उपचार गराइरहेका थिए ।
ब्ल्यक पर्लको नामले फुटबल जगतमा प्रख्यात पेलेले पनि म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन् ।
पेलेले विज्ञप्ती जारी गर्दे उनी जस्ता साथी गुमाउनु दुःखद् भएको बताएका छन् ।
उनले अगाडि भनेका छन्, ‘ धेरै नै दुखद समाचार । मैले एउटा असल साथी र विश्वले एउटा ममहन खेलाडी गुमायो । धेरै भन्न मन थियो तर अहिलेलाई यति मात्र भन्न चाहन्छु कि ईश्वरले उनीहरुको परिवारलाई शक्ति दिउन । आशा छ कि एक दिन हामी स्वर्गमा एकसाथ फुटबल खेल्नेछौँ ।’
पेले नै ति खेलाडी हुन जसको नाम फुटबलको बादशाह म्याराडोनासँग लिने गरीन्छ ।
इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्व स्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा