सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धितोपत्र बजारको परिसूचक नेप्सेले १८०० बिन्दुको सीमा पार गरेको छ । निर्जीवन जीवन बिमा, जीवन बिमा र उत्पादनमूल उपसमूहका कम्पनीको सेयर मूल्य बढेपछि नेप्से परिसूचक १८१०.११ मा पुगेको हो ।
योसँगै हालसम्मको कीर्तिमानी बिन्दु १८८१ तर्फ उन्मुख भएको छ । यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ मा पुगेको थियो ।
आइतबार र सोमबार गरी झण्डै १२ अर्ब बराबरको कारोबार भएको बजारमा मंगलबार पाँच अर्ब ४४ करोड रुपैयाँ बराबरको बराबरको भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से २९.६८ बिन्दुले उकालो लागेर १८१०.११ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ बिन्दुले उकालो लागेर ३४९.३७ मा पुगेको छ । १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १२ उपसमूहमध्ये होटल उपसमूहको सूचक ओरालो लागेको छ । बाँकी उपसमूहको सूचक माथि गएको छ । होटल ३४.९२ बिन्दुले ओरालो लागेको हो । यस्तै बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२, वित्त ६.२३, निर्जीबन बिमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन बीमा २४८.५२ र सामूहिक लगानी कोष ०.१ बिन्दुले उकालो लागेका छन् ।
कारोवारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनीको २८ करोड ५१ लाख १७ हजार १८८, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरीको २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्सको २० करोड १४ लाख ७३ हजार ५८६, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेडको १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्टको १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये १२४ को मूल्य बढेको र ३५ कम्पनीको घटेको छ । १३ को मूल्यमा कुनै परिवर्तन भएन । कारोबारका आधारमा यस दिन बोटलर्स नेपाल तराई ९.९९, हिमालयन डिस्टिलरी ९.९८, विशाल बजार कम्पनी ९.९५, आँखु खोला जलविद्युत् कम्पनी ९.९२, मल्टीपर्पोज फाइनान्स ९.८७, अजोड इन्स्योरेन्स ९.८६, ङादी ग्रुप अफ पावर ९.७३, नेको इन्स्योरेन्स ९ र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.८२ प्रतिशतले कमाए ।
यस्तै सोल्टी होटल ३.२०, सप्तकोसी डेभलपमेन्ट बैंक ३.०७, जानकी फाइनान्स २.६५, युनिलिभर नेपाल २, अपी पावर कम्पनी १.९२, एभरेस्ट बैंक १.७८, गणपति माइक्रोफाइनान्स १.७८, हिमालयन बैंक १.५०, नेपाल फाइनान्स १.४९ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा