सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । कोरोना भाइरसको महामारीको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । बाबुको किरिया बसेका मेरिल्याण्ड कलेज बिराटनगरका विद्यार्थी आभाष पाण्डेले पनि परीक्षा दिएका छन् ।
पाण्डेले श्री काली माध्यमिक विद्यालय बेलबारी ९ डाँगीहाट मोरङबाट परीक्षा दिएका हुन् । उनी कक्षा १२ का नियमित समूहका परिक्षार्थी हुन् ।
मोरङको बेलबारी–९ पोखरीया घर भएका पाण्डेले श्री काली माध्यमिक विद्यालय बेलबारी ९ डाँगीहाट मोरङ पुगेरै आजको परिक्षा दिएका हुन् ।
यो वर्ष कक्षा १२ को परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी भएका छन् ।
परीक्षाका बेला प्रत्येक परिक्षार्थीले हलमा २ मिटरको दुरी कायम गर्ने ब्यबस्था मिलाईएको छ । परीक्षा केन्द्र परिसरमा रहेको हेल्थ डेस्कमा हात धुने, ज्वरो नाप्ने ब्यबस्था मिलाईएको र मास्क अनिवार्य गरिएको बताइएको छ ।
यसैगरी एउटा कक्षा कोठामा २० जना परीक्षार्थी मात्रै राख्ने व्यवस्था गरिएको छ । कुनै परीक्षार्थी कोरोना पोजिटिभ देखिएमा पछि परीक्षा दिने ब्यबस्था गरिएको छ । परीक्षा हल आधाघण्टा अघिदेखि खुल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा