सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी । बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्। हत्याको आरोपमा पक्राउ परेका नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको घरमा आक्रोशित स्थानीयले आगो लगाइदिएका हुन् ।
दुई दिनदेखि हराइरहेकी खातुनको शव सोमबार मध्यराति बोरामा पोको पारेर फ्यालेको अवस्थामा फेला परेको थियो । पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्।
साहिद आलमकी छोरी गुलाब आइतबार साँझबाट बेपत्ता भएकी थिइन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको जानकारी दिए ।
बालिकाको बलात्कारपछि हत्या गरिएको हो या हैन भनेर पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो।
पूर्व–पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाट नव क्षितिज क्याम्पस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बालिकालाई अपहरण गरेर घरमा लुकाएको खुलेको छ ।
प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए। सोमबार स्थानीयले उनको पसलको सीसी क्यामेरा हेर्न खोजेका थिए । तर उनले सीसी क्यामेरा हेर्न दिएनन् ।
सोमबार साँझ मदिरा सेवन गरेर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यसपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएका थिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा