सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको खाली रहेको समानुपातिक सांसद पदमा मोहनप्रसाद पाण्डेले नियुक्त हुनु भएको छ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा पाण्डेलाई सोमबार शपथ खुवाइएको हो ।
संसद् सचिवालयले दिएको जानकारीअनुसार सोमबार उहाले सांसदको रूपमा शपथ खानु भएको हो । गत कात्तिक १७ मा केसीको निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको हो ।
समानुपातिक खस आर्यको क्लस्टरबाट सांसद बनेका केसीको निधन भएपछि सोही कोटाबाट पाण्डे आउनु भएको छ । समानुपातिकको बन्द सूचीमा केसी पछाडि पाण्डेको नाम थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा