सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्वालालम्पुर ( मलेसिया ) । मलेसिया सरकारले कम्पनी छाडेर गैरकानुनी रूपमा बसेका भिसाविहीन , अबैधानिक श्रमिकहरुको लागी बैधानिक बन्न पाउने नयाँ निति,कार्यक्रम ल्याएको छ।
मलेसिया सरकारले आगामी डिसेम्बरसम्म भिसाविहीन हुने श्रमिकले पनि अर्को कम्पनीमा काम गर्न पाउने कार्यक्रम लिएर आएको हो। कोरोना महामारीको कारण मलेसियालाई श्रमिक अभाव भएपछि रि–हाइरिङ कार्यक्रम ल्याएको हो । जुन कार्यक्रमले भिषाको म्याद सकिएर अबैधानिक (इलिगल) भएर बसेका विदेशी कामदारहरु संगै अबैधानिक हैसियतमै बसिरहेका लगभग ५० हजार नेपाली श्रमिकहरुले समेत लाभ लिन सक्ने मलेसिया स्थित नेपाली दूतावासको श्रमसहचारी प्रकाश पन्थीले बताएको छ।
“मलेसियाले यहीँ नोभेम्बर महिनादेखिनै रि–हाइरिङ कार्यक्रम लागू गरेको हो । यसमा करार अवधि समाप्त भएका श्रमिक मात्रै नभई गैरकानुनी श्रमिकले पनि नयाँ रोजगारदातासंग जोडिन पाउने बाटो खुलेको छ । रि–हाइरिङका लागि अध्यागमन कार्यालयमा २ हजार रिंगिट बुझाउनुपर्छ। जुन रकम रोजगारदाता कम्पनीलेनै व्यहोर्छ,”श्रमसहचारी पन्थीले भने।
तस्बिरमा नेपाली दूतावासको श्रमसहचारी प्रकाश पन्थी
तर यो रि–हाइरिङ कार्यक्रम अन्तर्गत सर्भिस सेक्टरलाई राखिएको छैन , जस अन्तर्गत (सेक्युरिटी गार्ड) पनि पर्दछ। बाँकी निर्माण(म्यानुफ्याक्चरिङ), उत्पादन, प्लान्टेशन र कृषि गरि ४ क्षेत्रको लागी मात्रै ल्याइएको श्रमसहचारी पन्थीले स्पष्ट पार्नुभयो।
जानकारी अनुसार मलेसिया सरकारले कोरोना माहामारीको बिचमा पनि गैरकानुनी रूपमा बसेकाहरुलाई धमाधम पक्राउ गरिरहेको छ । कोरोना महामारी सुरु भएयता मात्र ३१ हजारभन्दा बढी विदेशी श्रमिकलाई डिपोर्ट गरिसकेको जनाइएको छ। जसमा झन्डै ४ सय जना नेपालीहरु समेत रहेको नेपाली दूतावासले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा