सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतीय चर्चित हास्य कलाकर भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले ड्रग्समा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
यो दम्पतीलाई शनिबार राति पक्राउ गरी उनीहरुको स्वास्थ्य परीक्षणका लागि अस्पताल लग्ने तयारी भएको प्रहरीले जनाएको छ । भारती र हर्षलाई स्वास्थ्य जाँचपछि थप करवाही गरिने बताइएको छ । जानकारीका अनुसार दुवैलाई आइतबारै अदालतमा उपस्थित गराइने छ । प्राप्त समाचार अनुसार भारतीलाई पक्राउ गरेपछि उनका पतिलाई पक्राउ गरिएको हो ।
ब्युरोले शनिबार बिहान भारती र हर्षको घरमा छापा मारेको थियो, जहाँ ८७ ग्राम गाजा फेला परेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा