सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।
बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न शुक्रबार स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्यांगर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण स्वीकृत गरिएको बैंकले जनाएको छ ।
भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।
यसैगरी, परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा