सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।
कोरोना भाइरसको संक्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
शनिबारदेखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकताअनुसार फेरि थप हुनसक्ने अधिकारीहरूले जनाएका छन् ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने, “हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा