सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चिनियाँ औषधी उत्पादक कम्पनी सिनोफार्म ग्रुपले विकास गरेको कोभिड १९ विरोधी खोप झण्डै १० लाख चिनियाँ नागरिकले लगाएको र कसैमा पनि खोपको नकारात्मक असर नदेखिएको खबर सार्वजनिक भएको छ ।
खोप लगाएका मध्ये थोरै मानिसमा सामान्य लक्षण देखिएको सिनोफार्मका चेयरम्यान लिऊ जिङझेनलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत साता सम्पन्न चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपो अवधिमा एक लाख हाराहारी मानिसले खोप लगाएपछि खोपको रेन्ज प्रस्ट रुपमा बढेको लिऊले बताए । करिब ५६ हजार मानिसले खोप लगाएपछि चीनबाट बाहिरिएका छन् । तीमध्ये एकजनालाई पनि कोरोना भाइरस संक्रमण नभएको प्राप्त समाचारमा उल्लेख छ ।
सिनोफार्मको तेस्रो चरणको क्लिनिकल परीक्षण युएई, इजिप्ट, बहराइन, पेरु, अर्जेन्टिना लगायत दर्जनौं मुलुक र स्थानमा भइरहेको छ । जसमा ६० हजार सहभागी भएको लिऊले जानकारी दिए ।
उनले सिनोफार्मको खोपले हरेक कोणबाट विश्वको नेतृत्व गरेको बताए । खोप अनुसन्धान विकास, क्लिनिकल परीक्षण, उत्पादन र आपतकालीन प्रयोग सबै हिसाबले यो अग्रणी रहेको उनको भनाइ छ ।
यसअघि अक्टोबर २० मा लिऊले चाइना नेसनल बायोटेक ग्रुप कम्पनी कोरोना खोप ठूलो परिमाणमा उत्पादन गर्न तयार रहेको र यसको आपूर्ति पर्याप्त एवं सुरक्षित हुने बताएका थिए । १० भन्दा बढी मुलुकले उक्त खोप प्रयोग गर्ने प्रयास गरेको बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा