सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लन्डन । अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोनाविरोधी खोपले ६० र ७० वर्षभन्दा बढी उमेर समूहका प्रौढहरुमा सशक्त कोभिड १९ प्रतिरोधी क्षमता विकास गरेको परीक्षणको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
प्रौढ व्यक्तिहरुलाई कोरोना भाइरसले बढी समस्यामा पार्छ । अनुसन्धाताहरुका अनुसार ५६० जना प्रौढ स्वयंसेवकमा आधारित द लान्सेटको दोस्रो चरणको निष्कर्ष निकै उत्साहजनक छ ।
उक्त खोपले मानिसहरुमा कोभिड १९ विकास हुनबाट रोक्न सक्छ कि सक्दैन भनेर तेस्रो चरणको परीक्षण भइरहेको छ । तेस्रो चरणको परीक्षणको नतिजा केही हप्ताभित्रै आउने अपेक्षा गरिएको छ ।
फाइजर–बायोनटेक, स्पुतनिक र मोडेर्नाको खोपले यसअघि नै तेस्रो चरणको परीक्षणको उत्साहजनक प्रारम्भिक नतिजा देखाइसकेका छन् । तीमध्ये फाइजरको खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका ९४ प्रतिशतलाई कोभिड १९ बाट बचाउने देखाएको छ ।
अक्सफोर्डका प्राध्यापक पोलार्डले आफूहरुले विकास गरिरहेको खोप अरुको प्रतिस्पर्धी नभएको बताए । संसारभरका मानिसलाई कोभिड १९ बाट जोगाउन थुप्रै खोप सफल हुनु आवश्यक रहेको उनले बताए ।
अक्सफोर्डका डाटा प्रारम्भिक चरणको हो, जसमा खोपको सुरक्षा र शरीरले खोपप्रति देखाउने प्रतिक्रिया हेरिन्छ । तर यो खोप स्टोर गर्न बढी चिसो आवश्यक नपर्ने हुँदा प्रचलनमा ल्याउन सजिलो मानिएको छ । फाइजरको खोप माइनस ८० डिग्री सेल्सियस हाराहारीको चिसोमा स्टोर गर्नुपर्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा