सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धितोपत्रको दोस्रो बजार नेप्सेमा सेयर कारोबार रकममा नयाँ कीर्तिमान कायम भएको छ । बिहीबार एकै दिन ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर किनबेच भएपछि नयाँ कीर्तिमान कायम भएको हो ।
यस दिन नेप्से परिसूचक पनि ३६.३२ बिन्दुले बढेर १७७८.१२ मा पुगेको हो । यो हालसम्म कायम कीर्तिमानी बिन्दु १८८१ भन्दा थोरै कम हो । यसअघि २०७३ साउन १२ गते नेप्से परिसूचक १८८१ बिन्दुमा पुगेको थियो ।
यही गति कायम रहे नेप्सेले केही दिनभित्रै नयाँ कीर्तिमान कायम गर्ने निश्चित छ । लगातार उकालो लागेको बजारमा बिहीबार पनि कारोबार दोहोरो अंकको वृद्धि देखियो । परिसूचक मात्रै नभई कारोबार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.९८ बिन्दुले बढेर ३४३.०७ मा पुगेको छ । यस दिन १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १२ उपसमूहकै सूचक उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बिमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बिमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड आठ लाख ४५ हजार ३१० बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स २६ करोड १२ लाख ९९ हजार ६५१, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एसिया बैंक १५ करोड ६० लाख ८० हजार बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
यस्तै, युनिलिभर नेपाल १०, तारगाउँ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट टे«डिङ कर्पोरेसन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेसनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।
प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फन्ड २.१८, एसबिएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा