सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य विहीवार घटेको छ ।
दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि विहीवार मात्रै नयाँ मूल्य तोकिएको हो । तेजावी सुन भने विहीवार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा