सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महर्जनलाई आगामी हुन लागेको बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई लक्षित गर्दै कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
स्वीडेनिस मुख्य प्रशिक्षक योहान कालिन उतै रहेकाले नेपाल आउन नसक्ने स्थितीका कारण महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मा दिइएको हो ।
एन्फाले आजै राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षक विकास मल्ललाई नियुक्त गरेको थियो । कात्तिक २८ र मंसिर २ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । सो खेलको प्रशिक्षण स्वरुप एन्फाले तयारी थालेको छ ।
नेपाल सरकारबाट प्रशिक्षण अनुमति पाइसकेको एन्फाले अब दशैँको बिदा सकिए लगत्तै प्रशिक्षण थाल्ने जनाएको छ । यसअघि नै प्रशिक्षणको तयारी थालेको एन्फाले कोरोना महामारीका कारण रोकिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा