सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लन्डन । बेलायती प्रहरीले दक्षिण लन्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लंघन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
प्रहरीले करिब २०० पाहुनालाई नियम उल्लंघन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदिएको लन्डनबाट प्रकाशित इभनिङ स्ट्यान्डर्ड दैनिक पत्रिकाले जनाएको छ ।
विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्ने गरी धरौटीमा रिहा गरेको छ ।
प्रहरीले आफूहरूलाई स्थानीय बासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लंघन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।
विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानुन अनुसार जरिवाना हुन सक्ने बताइएको छ ।
पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, ‘यो घटना कोभिड–१९ कानुनको जानाजान उल्लंघन भएको र यसका कारण संक्रमण फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।’
विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरी कायम नगरेको देखिएकोले जरिवानाका लागि सिफारिस गरिएको उनको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा