सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आइतबार देशभरिमा २८५६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १०५६ महिला र १७८९ पुरुष गरी २८५६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा ३३३६ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा प्रदेश १ मा ५३९, प्रदेश २ मा ५९, बागमतीमा १८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६ र सुदूरपश्चिममा ७६ जना संक्रमित थपिएका छन् ।
यो २४ घन्टामा काठमाडौं उपत्यकामा १५३५ जना संक्रमित थपिएको मन्त्रालयको भनाइ छ । जसमा ६२९ महिला र ९०६ पुरुष छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १९ हजार ८२६ पुगेको छ । त्यसैगरी, भक्तपुरमा १४९४ र ललिपुरमा २४३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको थियो । यस अवधिमा ३३३६ जनाले कोरोना जितेका छन् भने पाँचजनाको निधन भएको छ । अब मृत्यु संख्या ८४७ पुगेको मन्त्रालयको भनाइ छ । अहिले मुलुकभरीमा ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन् ।
हालसम्ममा १ लाख ५८ हजार ८९ जना संक्रमित भएकामा १ लाख ११ हजार ६७० जना संक्रमणमुक्त भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा