सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्।
नेकपा सचिवालयका सदस्य समेत रहेकाा श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
श्रेष्ठले आफु गृहजिल्ला र चितवन भ्रमणमा रहेको र बल्ल थाहा पाएको जस्तो गरि आज मात्रै प्रधानमन्त्रीको भेटवार्ता बारे आफ्नो धारणा व्यक्त गरे। प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाको प्रमुखलाई कुटनीतिक मर्यादा विपरित आफ्नो समकक्षीझैँ गरि औपचारिक वार्ता गरेको भन्दै यो अत्यन्त ठुलो आरोप समेत लगाएका छन्। ‘मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।’ उनले भने।
नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो भन्दै उनले त्यो नभएको स्पष्ट भई सकेको बताएका छन्।
‘बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो।तर त्यस्तो पनि देखिएन । ‘ श्रेष्ठले भन्दै ‘त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट, कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन?’ साथै श्रेष्ठले यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभएको बताउदै भनेका छन् ‘अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।’
भारतीय सेनाको विशेष विमानबाट बुधबार काठमाडौं आएका गोयलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गोप्य भेटवार्ता गरेपछि सत्तारुढ र विपक्षी पार्टीबाट त्यसको चर्को विरोध भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा