सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले तयार गरेको कोरोना भाइरसले निम्त्याउने रोग कोभिड १९ विरुद्धको खोप ब्राजिलमा सम्पन्न तेस्रो चरणको परीक्षणमा पनि सुरक्षित देखिएको छ । उक्त खोपको क्लिनिकल परीक्षण सञ्चालन गरेको ब्राजिलियन संस्थाले सो जानकारी दिएको हो ।
साओ पाउलोस्थित ब्राजिलको प्रमुख बोयोमेडिकल अनुसन्धान केन्द्र बुटानटान इन्स्टिच्युटले दुई डोज दिइने कोरोनाभ्याक नामको यो खोप अहिलेसम्म सुरक्षित देखिएको जनाएको छ । कोरोनाभ्याकको ब्राजिलमा सम्पन्न तेस्रो चरणको क्लिनिकल परीक्षणमा ९००० जना सहभागी थिए ।
उक्त संस्थाका अधिकारीहरुका अनुसार कोरोनाभ्याक खोप लिएका कुनै पनि स्वयंसेवकमा प्रतिकूल असर देखिएको छैन । २० प्रतिशत स्वयंसेवकले भने खोप दिएको ठाउँमा हल्का दुखेको बताएका छन् । १५ प्रतिशतलाई पहिलो डोज लिएपछि टाउको दुखेको थियो ।
दोस्रो डोज लिँदा टाउको दुखेको गुनासो गर्नेको संख्या १० प्रतिशतमा झरेको छ । पाँच प्रतिशतले अरुची पैदा भएको र त्योभन्दा कम संख्याले मांशपेसी दुखेको गुनासो गरेको प्राप्त समाचारमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा