सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दशैंको बिदा अवधिभर बैंकहरु नखुल्ने भएका छन् । फूलपातीको दिन कात्तिक ७ गतेदेखि एकादशीका दिन ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको हो ।
नेपाल बैंकर्स संघले विज्ञप्ति निकाली कोभिड १९ का कारण बैंकका कर्मचारीसमेत प्रभावित भएकाले पाँच दिन शाखा खोल्न नसकिने जनाएको हो ।
यसैगरी, संघले तीन हजार सात सयभन्दा धेरै बैंक कर्मचारीमा कोरोना संक्रमण भएको पनि जनाएको छ ।
बैंकका शाखा खुलेर भौतिक कारोबार नभए पनि डिजिटल बैंकिङ र एटीम सेवा भने नियमित हुने संघले जनाएको छ ।
विगतका वर्षमा दशैं बिदाको समयमा पनि बैंकहरूले केही घण्टा खुलाउने व्यवस्था मिलाउने गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा