सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
परासी । पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिको निर्देशनमा चाड पर्वका लागि बिशेष सतकर्ता अपनाइने भएको छ। दशै नजिकदै गर्दा हुन सक्ने अप्रिय घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र तस्करी न्यूनीकरण गर्नका निमित्त समेत पश्चिम् नवलपरासीमा व्यापक प्रहरी परिचालन गरिनुको साथै प्रहरीले बिशेष सतकर्ता बढाएको हो।
त्यसैगरी एसपी केसि कै बिशेष निर्देशनमा प्रहरीले आज अवैध सामान ओसार-पसारमा संलग्न १ कार सहित १५ लाख ५० हजार ३ सय मुल्य बराबर अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले दिउँसो १४:३० बजेको समयमा बर्दघाट नगरपालिका वडा नं. ४ टिसिएन चोक स्थितमा बा ६ च ५४०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको हुट , ज्याकेट,टाउजर, सर्ट , पाइन्ट लगायतका बिभिन्न कपडाहरु फेला पारी उक्त गाडी सहित बरामद गरेको छ । उक्त कपडाको अं. मुल्य २ लाख ५७ हजार ४ सय र कारको अं. मुल्य ११ लाख गरी जम्मा अं. १३ लाख ५७ हजार ४ सय मुल्य बराबर रहेको छ । बरामद कपडा र गाडी आवश्यक कारवाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी दिउँसो समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको १ लाख २४ हजार २ सय मुल्य बराबरको प्याज, मसुरो, घासको बिउ, तोरीको बिउ लगायतका सामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १० भुताहा चोकबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेका थिए ।
त्यसैगरी दिउँसो १३:०० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. ६८ हजार ७ सय मुल्य बराबरको पित्तलको दियो, कचौरा,सिल्भरको जग, कालो प्लाष्टिक लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. ०१ झरहि खोलाबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेका थिए । बरामद सम्पुर्ण सामान आजै आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा