सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
नेकपाका १८ जना सांसदहरुले आज संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई मन्त्रि शाही बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको सविधानको धारा १८८ को उपधारा ४ अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ । कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव दर्ता गर्न १० जना सांसद भए पुग्छ, यद्यपि आइतबार दर्ता भएको अविश्वास प्रस्तावमा १८ जनाले हस्ताक्षर गरेका छन् ।
कर्णाली प्रदेशसभामा नेकपाका ३३ सदस्य छन्, कांग्रेसको ६ र राप्रपाको एक जना रहेका छन् । संविधानको धारा १८८ को ५ अनुसार अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रस्तावित मुख्यमन्त्रीको नाम पनि उल्लेख गर्नुपर्ने व्यवस्था छ । अविश्वास प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएमा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा