सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शरदराज पाठकलाई साझा पार्टीले प्रवक्तामा नियुक्त गरेको छ । ‘६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ’, साझाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँ संघीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको थियो ।
ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको उहाँले पार्टीमा सक्रिय हुनुअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गर्नुभएको थियो । यसअघि पाठकले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालका समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीको सदस्य भइ काम गरिसक्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा