सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संतोष रन्जितकार/वीरगंज । कोरोना कहरका कारण बन्द रहेको पर्साको शैक्षिक संस्था संचालन गर्ने विषयमा पर्सा क्षेत्र नम्बर १ सांसद प्रदिप यादवले सरोकार वाला निकाय संग छलफल अभियान थालेका छन ।
बिहिवार माईस्थान विधापिठमा भएको वृहत छलफलमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको प्रमुख आतिथ्यमा पर्सा जिल्ला स्थित रहेका सम्पुर्ण शिक्षक संगठन का प्रमुख तथा अन्य सरोकार वाला निकाय बिच कोरोना कहर का कारण बन्द रहेको पर्साको शैक्षिक संस्था संचालन गर्न अवसर र चुनौती बारे गहन छलफल गरिएको हो । छलफलमा संघिय सांसद यादवले कोरोना भाईरस संक्रमण बाट बच्दै सुरक्षित रूपले कसरी विधालय संचालन गर्न सकिन्छ भन्ने विषयमा वृहत रूपमा छलफल गरिएको बताए ।
अहिले पनि कोरोना भाईरस संक्रमणको प्रभाव कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै समाजिक दुरी, मास्क, लगाएत विश्व स्वास्थ्य संगठनको मापदंड अपनाएर कसरी विधालय संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुको साथै अगामी दिनमा अभिभावक,स्थानिय तह,जिल्ला स्थित राजनीतिक दल एवम् सुरक्षा निकायका प्रमुख संग पनि यस बिषयमा आवश्यक छलफल गरेर मात्र अगाडी बढने सुझाव दिएको उनले बताए । बुधवार मात्रै एन प्याब्सन पर्साका पदाधिकारी हरू संग पनि छलफल गरिएको बताए ।
विधालयका प्रधानाध्यापक मुर्तुजा अंसारीको अध्यक्षतामा भएको बैठकमा प्रदेश सांसद जन्नत अंसारी, प्राध्यापक विजय यादव, महासंघ पर्सा का अध्यक्ष श्री तीर्थराज यादव , स·ठन का अध्यक्ष शिवनाथ चौधरी , संघिय शिक्षक फोरम का अध्यक्ष हरिन्द्र चौरसिया , मञ्च का अध्यक्ष उमेश ठाकुर ,महासंघ महानगर बीरगंज का अध्यक्ष विनोद मेहता लगायतको सक्रिय सहभागिता मा विधालय संचालन गर्न बृहत छलफल भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा