सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।
केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले युवा नेता कुन्दनराज काफ्लेको नेतृत्वमा प्रदर्शन गरेको हो । प्रदर्शनपछिको कोण सभामा काफ्लेले केसीका माग अबिलम्ब पूरा गरेर उहाँको जीवन रक्षा गर्न माग गर्नुभयो ।
केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग कम्युनिष्ट सिद्धान्तसँग मिल्ने भए पनि दुई तिहाईको कम्युनिष्ट सरकारले उहाँका माग सुन्न नै नचाहनु आश्चर्यजनक रहेको उहाँले बताउनुभयो ।
अनशनका क्रममा केसीलाई केही भए हालेमा त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी उहाँले दिनुभयो । विगतमा कांग्रेसको सरकार बनेका बेला भएका सहमतिसमेत ओलीले उल्ट्याएर केसीलाई अनशन बस्न बाध्य पारेको उहाँको आरोप थियो ।
प्रदर्शनमा नेपाली कांग्रेस र उसका भातृ संगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा