सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ । मङ्गलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् । व्यास नगरपालिका–३ निवासी पवन श्रेष्ठका ६ वर्षीय बिप्सन हराएकामा फेला परेका हुन् ।
अपरिचित ३० वर्षीया सविता परियारलाई बालक अपहरण मुद्धा दर्ता गरिन लागेको बालकका काका एवं अधिवक्ता त्रिभुवन श्रेष्ठले बताए । ती महिलालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान थालेको छ ।
ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी ती महिला कास्की बाघमारा माइती गएको हुनसक्ने खुलेपछि प्रहरीले तदारुकता देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । घरपरिवारमा कसैलाई जानकारी नगराई बालक लिएर गएकाले परिवारले दिएको जाहेरीका आधारमा मुद्धा अघि बढाइने उनले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा