सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अरविन्द कुमार यादव /रौतहट । सन्झा साहको आत्माको चिर शान्तीको कामना गर्दे जनता समाजवादी पार्टी रौतहटको नेता बृजकिशोर यादवको अगुवाइमा रौतहटको गरुडामा एक कार्यक्रम विच दिप प्रज्वलन गरीएको छ।
जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ युवतीको हत्या भएको थियो । जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ बस्ने स्थानिय सिताराम साह कानुका अन्दाजि १६ वर्षिय छोरी हाल बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवा मामा घर बसदै आएकी स्थानिय देरेन्द्र साह कानुका भान्जी सन्झा साह कानुको हत्या भएको स्थानिय वासिन्दाले बताएका छन् । बिहान १० बजे तिर घाँस काटन गएकी साँझ सम्म न फर्केपछि उनको खोजी गर्दै जाँदा निज मृत अवस्थामा नजिकैको उँखुबारीमा शव फेला परेको थियो ।
रौतहटको मध्यमा रहेको गरुडा नगरपालिकाका स्थिति मेथुर चौकमा सन्झा साहको हत्याको आत्मा को चिर शान्तिको कामना गर्दै हत्यारा पता लगाइ कडा भन्दा कडा कानुनी कार्यवाही गर्न माग समेत गरेको जनता समाजवादी पार्टी रौतहटको जिल्ला ईन्चार्ज बृजकिशोर यादवले बताए।
केही दिनयता रौतहटमा हफ्ता नबित्दै हत्याहिंसा हुँदै गएको र खास गरि गरुडा क्षेत्रका दलित ,महिलालाइ लक्षित गरेर प्रहार तथा हिंसा भएको गरुडा नगरपालिका का उपमेयर रङ्गिला देवी जयसवालले बताइन ।
जयसवालले सन्झा साह लगायत मृतकको हत्यारालाई पता लगाइ कानुनी दायरामा ल्याउन समेत जोडदार माग गरेकी छिन् ।
कार्यक्रममा जनता समाजवादी पार्टी ,गरुडा नगरपालिकाकी उपमेयर रङिला जयसवाल ,विद्यार्थी नेता दिपेन्द्र यादव ,सुनचान्दी व्यवसायी प्रदेश २ का अध्यक्ष रामजी साह एवम् गरुडाका सयौं युवाका सहभागिता रहेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा