सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । मानव सेवा केन्द्र रौतहट गौरको आयोजना र जेष्ठ नागरिक जिल्ला संघको सहकार्यमा आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस भवयताका साथ गौर नगरपालिका वडा नं. २ स्थित रहेको मानव सेवा केन्द्रको सभा हलमा मनाइएको हो ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख बढी जेष्ठ नागरिकहरु रहेका छन् । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ ।
कार्यक्रममा गौर नगरपालिकाकि उपमेयर किरण ठाकुर लगायत दर्जनौं भद्रभलादमी तथा जेष्ठ नागरिकको उपस्तिथि रहेको थियो । मानव सेवा केन्द्रको सचिव तथा जेष्ठ नागरिक संघको जिल्ला अध्यक्ष बिजय किशोर झा को अध्यक्षतामा तथा जिल्ला समन्वय समितिको सभापति राम एकवाल राय यादवको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा