सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्री-वितरण गर्न सुरुआत गरेको छ ।
सरकारले बजार अनुगमनकाक्रममा बढी मूल्य लिइ बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार बजार अनुगमनकाक्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ ।
‘हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिएर आफैं बेच्न थालेको हौं ‘-उहाँले भन्नुभयो-‘एकजनालाई तीन किलोसम्म दिन थालेको छौं ।’
उहाँकाअनुसार रु ५२ राजस्व र रु ८ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ ।
केही दिनअघि उपत्यकामा प्याजको मूल्य रु १२० सम्म पुगेको बताइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमनसमेत गर्नुभएको थियो ।
प्रजिअ दाहालले प्याजजस्तै चिनीलगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गरेर बजार मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएमा हस्तक्षेप गरी आफैं बिक्री गर्ने जानकारी दिनुभयो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा