सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ५०३ जनासहित उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका हुन ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जना रहेका छन ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २६२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ७० हजार ६१६ जना पुगेको छ । आज १८ हजार २८९ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १४५५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५१ हजार ८६६ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १० हजार ५२ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ४६४ रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा