सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केही दिन निरन्तर एकल अंकमा झरेको कोरोनाबाट हुने मृत्युदर पुनः दोहोरो अंकमा बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ जना पुरुष र ५ जना महिला रहेका छन् । जसमा मोरङकी ५५ वर्षीया महिला, सुनसरीकी ८१ वर्षीया महिला, भक्तपुरकी ७३ वर्षीया महिला, काठमाडौंकी ८२ वर्षीया महिला र धादिङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।
त्यसैगरी झापाका ७८ वर्षीय पुरुष, धनुषाका ६८ र ७० बर्षीय पुरुष,रौतहटका ६५बर्षीय पुरुष,तनहुँका ३९ बर्षीय पुरुष,दाङका ३९ बर्षीय पुरुष,कपिलवस्तुका ५० बर्षीय पुरुष र नवलपरासीका ५५ बर्षीय पुरुष रहेका छन् ।
योसँगै देशभर कुल मृतकको संख्या ४ सय ५३ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ०.६५ प्रतिशत हो ।
पछिल्लो २४ घन्टामा नेपालमा १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ आएको हो ।
काठमाडौं उपत्यकामा बिहीबार ७५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको पिसिआर परीक्षण भएको छ । अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन् ।
यस अवधिमा ४५७ जना कोरोनामुक्त भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा