सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सत्येन्द्र प्रताप सिंह / रौतहट । पुल निर्माणको विषयलाई लिएर भएको विवाद उग्र बनेपछि सोमबार बिहान बारा र रौतहट जिल्लाका स्थानीयबीच झडप भएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको मेवा गाउँका स्थानीयबीच पुलको विषयलाई लिएर सुरु भएको विवाद झडपसम्म पुगेको हो । झडपमा परी पाँचजना घाइते भएका छन् । दुवै गाउँको बीचमा रहेको अरुवा नदीमा पुल निर्माण गर्न थालिएपछि बारा रुपौलियाका स्थानीयबासिन्दाहरुले विरोध गरेका थिए ।
उनीहरुले नदीमा पुल निर्माण भएपछि नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै विरोध जनाएका स्थानीय नुर आलमले बताए । विवाद बढ्दै गएर झडप हुँदा घाइते हुने सबै रुपौलियका रहेका आलमले बताए । घाइते भएकाहरुको टाउकोमा चोट लागेको छ ।
उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । दुवै तर्फका स्थानीयबासिन्दाहरुलाई सम्झाई बुझाई गरी घर पठाएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा