सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैैठकले आगामी कार्तिक ७ गतेभित्र बोर्ड गठन गरेर लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो।
विज्ञापन नियमन ऐन २०७६ को दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रशारणमा रहेका टिभी च्यानलहरु विज्ञापन रहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्न मन्त्रालयले बनाएको कार्ययोजना १५ दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले जानकारी दिई ।
बैठकमा सहभागी मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले निर्धारित मितिमा क्लिन फिड लागू गर्ने तयारी भएको दाबी गरे । क्लिन फिड नियमनका लागि सरकारले ल्याएको विज्ञापन नियमन गर्ने ऐन २०७६ राष्ट्रपतिबाट प्रमाणित भइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा