सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पृथ्वी राजमार्ग स्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ ।
शनिबार मध्यराति अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ । अहिले दमकलको सहायताले आगो निभाइसकिएकाो छ ।
पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।
दुर्घटनामा परेका ट्यांकरका चालक र सहचालक दुवै सकुशल छन्। ट्यांकरमा उनीहरूमा रहेको प्रहरीले जनाएको छ। उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको छ । प्रहरीकाअनुसार ट्याङ्कर मध्यराती २ः३० बजे त्रिशूली नदीमा खसेको हो । यसबारे थप विवरण आउन बाँकी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा