सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ ।
यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ ।
वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो ।
यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् ।
अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा