सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा । बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त घटनाको १३ वर्षपछि पक्राउ परेका छन् । हत्या अभियुक्त हरेराम पटेललाई प्रहरीले बिहीबार कोल्हवीबाट पक्राउ गरेको हो ।
साहको हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी , कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेत तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी २०६४ असोज १८ मा हत्या गरेका थिए ।
मृतकको लाश बाराको डुमरवाना ७ को जंगलमा खाल्टो खनि गाडेको अवस्थामा मिति २०६४ साल कार्तिक २२ गते फेला परेको थियो ।
बाराको साविक तेलकुवाँ गाविस–४ हाल महागढीमाई नगरपालिका–२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए ।
हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादीं) का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार छन् । सात महिनाको फरकमा पटेल र फौजदार पक्राउ परेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा