सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । थोरै ब्याजको लोभ देखाएर ऋण लिन लगाउने र ऋण लिइसकेपछि मनपरी ढंगले ब्याजदर बढाउने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले अंकुश लगाएको छ ।
केन्द्रीय बैंकले मंगलबार यसअघि जारी गरिएको एकीकृत निर्देशिका २०७६ मा संशोधन क्रममा एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्ने नियम थप गरेको हो ।
‘यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ, ‘तर ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’
यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका÷हुने घर कर्जा, गाडी कर्जा र हायरपर्चेज कर्जा लगायत मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएको वा प्रवाह हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ ।
यो निर्देशन जारी हुनुपूर्व मासिक, त्रैमासिक, आवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा, हायरपर्चेज कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका सर्तहरु परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको ।
यो व्यवस्थाको अनुपालनाको लागि कर्जाका सर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनरतालिकीकरण वा पुनर्संरचना मानिने छैन । यस अन्तर्गतको कर्जा अवधिभर परिवर्तन नहुने गरी नयाँ कर्जाको लागि तोकिने स्थिर ब्याजदर अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नुपर्नेछ ।
तरलता बढी भएको बेला सस्तो ब्याजदरको लोभ देखाएर ऋण लिन लगाउने र त्यसपछि अन्धाधुन्द ब्याज बढाउने गरेको भन्दै बैंक, वित्तीय संस्थाहरु निकै आलोचित भइरहेको बेला राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत नयाँ व्यवस्थामार्फत उनीहरुले अंकुश लगाएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा