• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राँगोले हान्दा वृद्धको मृत्यु

      बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

      भारतीय मजदुर ल्याउन नसक्दा देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

      चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

      मनाङको थोचेमा आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे

      श्रीमतीलाई बञ्चरो प्रहार गर्ने एक जना पक्राउ

      आजदेखि स्वस्थानी व्रत एवं माघस्नान शुरु

      आज माघ १५ गते बिहीबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

      सेनाको सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित

      होटलका श्रमिकले काम नहुँदा मासिक २५ सयदेखि ५ हजारसम्म पाउने सहमति

      २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ निको, ३ जनाको मुत्यु

      बिना मगरको कार्यकालमा मेलम्चीको प्रगति सबैभन्दा धेरै

      सिरहा नगरपालिकाद्वारा तीन दिन विद्यालय बन्दको घोषणा

      ज्योति विकास बैंकले १०% लाभांस दिने

    होमपेज /  शिक्षा

    कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन’ अनिवार्य पछिको तरङ्ग

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २१ भाद्र २०७७, आईतवार १९:११
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं । कक्षा ११ र १२ मा सामाजिक अध्ययनलाई अनिवार्य विषयमा समावेश भएपछि विषयगत शिक्षकहरु उत्साहित भएका छन् भने निजी शिक्षालयहरु असन्तुष्ट देखिएका छन् । सरकारले नेपालको संविधान, सङ्घीयता र समृद्ध नेपालको परिकल्पना अनुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ स्वीकृत गरी नयाँ पाठ्क्रम कार्यान्वयन शुरु गरेको छ । उक्त प्रारुपले समाजवादोन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको संरचना र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्न परिषद्को गत माघ २ गतेको बैठकले सो प्रारुप पारित गरी यस सत्रदेखि क्रमशः नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो । नयाँ प्रारुपले संविधानको मौलिक हक, सङ्घीय, प्रदेश र स्थानीय तहको संरचना, आर्थिक सामाजिक रुपान्तरणका सवाल, विद्यालय क्षेत्र विकास कार्यक्रम, मुलुकको दीर्घकालीन विकासमा शिक्षाको योगदानका पक्षमा ध्यान दिई सक्षमता र बाल मनोवैज्ञानिक लगायतका सिद्धान्तलाई आधार बनाएको छ ।

    यी आधारसँग सम्बन्धित विषयवस्तु सामाजिक अध्ययनमा आउनेछ । एकल पठीय नयाँ पाठ्यक्रममा विद्यार्थीलाई रोजगारीका लागि तयारी गराउँदै गुणस्तरीय शिक्षाको आधारबमोजिम विद्यार्थीमा क्षमता अभिवृद्धि, सीप र ज्ञानको विकास, मूल्य स्थापना र सक्षम बनाउने लक्ष्य राखिएको छ ।

    पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुने जनाउँदै कक्षा १२ सम्म माध्यमिक विद्यालयको संरचना भएकाले अब पूर्ण पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागू हुने बताए । कक्षा ११ मा यसै शैक्षिकसत्रदेखि सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अनिवार्य विषयका रुपमा लागू हुने भएपछि विषयगत शिक्षकहरु सामाजिक अध्ययन समाज नै गठन गरी पाठ्यक्रमको विषयवस्तु र ध्येयहरुबारे अभिमुखीकरणमा होमिएका छन् ।

    केन्द्रको विषयगत कार्यदलका सदस्य एवं विजय स्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माको नेतृत्वमा गठित सामाजिक अध्ययन समाजले प्रदेश र जिल्लागत आधारमा विषयगत प्रशिक्षणका साथै कक्षा १९ र १० परिमार्जित हुन लागेको सामाजिक विषयवस्तुका बारेमा सुझाव सङ्कलन गरिरहेको छ । संयोजक शर्माका अनुसार समाजले आइतबार प्रदेश नं १ को मोरङका गरी एक सय विषय शिक्षकसँग परामर्श गरिएको जानकारी दिए ।

    संयोजक शर्माले समालोचनात्मक सीपको विकाससहित असल नागरिक निर्माण गर्ने सामाजिक अध्ययन विषयको ध्येय भएकाले विद्यालय तहमा नागरिक चेतना, कर्तव्य र अधिकार, आर्थिक स्रोत साधन, जनसङ्ख्या र यसमा प्रभावित तत्वहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश, सूचना तथा प्रविधिको सदुपयोग आदि विषयबारे अब पढाइने बताए । उनले भने, “जीवनमा सेवालाई भन्दा पैसालाई बढी महत्व दिने खालको नभई सामाजिक कर्तव्य र दायित्वलाई निर्वाह गर्न सक्ने शिक्षक जन्माउनु यस विषयको लक्ष्य हो । मानवलाई मानवता भरिदिने काम यो विषयले गर्नेछ ।”

    सामाजिक अध्ययन विषयका अध्येता गोविन्द भण्डारीले पाठ्यभारको बोध धेरै नदिई प्रयोगात्मक पक्षलाई पनि स्थान दिन तथा राजनीतिमा जित्नेहरुको इतिहास मात्रै इतिहास नराखी अर्थ सामाजिक जनजीवनका इतिहास समेट्न सुझाव आएको जानकारी दिए ।

    पाठ्यपुस्तक लेखक माधव दाहालले सामाजिक परिवेश र परिस्थितिलाई सामाजिक अध्ययनले समेट्ने भएकाले नयाँ पाठ्यक्रम समयसापेक्ष भएकाले शिक्षकहरुले यसलाई स्थानीय उदाहरणसहित रुचिका साथ अध्यापन गर्नुपर्ने बताए ।
    हाल मुलुकभर कक्षा ११ १२ पढाइ हुने सामुदायिक र निजी गरी १० हजार ८९९ विद्यालय छन् । विद्यालय शिक्षाको नयाँ संरचनाअनुसार कक्षा १ देखि १२ सम्मलाई माध्यमित तह मानिने भएपछि कक्षा ११ र १२ मात्रै सञ्चालन गरिरहेका निजी क्षेत्रका साबिकका ‘उच्चमाध्यमिक’ विद्यालयले अहिलेको अवस्थामा हतारोमा नयाँ पाठ्यक्रम लागू नगर्न दबाब दिँदै आएका छन् । निजी विद्यालय सामाजिक अध्ययनको विषयगत शिक्षक अभाव रहेको र उक्त तहमा पढाउन स्नातकोत्तर पूरा गरेका शिक्षक चाहिने भएकाले उनीहरुलाई समस्या उत्पन्न भएको हो ।

    उच्चशिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का सचिव रामहरि सिलवालले नयाँ संविधानबमोजिम नयाँ पाठ्यक्रम लागू गर्नुपर्नेमा विवाद नभए पनि हाल कोरोना महामारीका कारण पाठ्यक्रम सङ्कुचन गराउन सरकार नै लागि परेको स्थितिमा पर्याप्त गृहकार्य नगरी कक्षा ११ मा यसै सत्रबाट नयाँ पाठ्यक्रम लागू नगर्न आफूहरुले आग्रह गरेको बताए ।

    उनले भने– “हामी नयाँ पाठ्यक्रमका विरोधी होइनौँ तर सरकारले ढिलो गरेर कुरा बुझ्छ । कोरोना महामारीको छ महिनापछि वैकल्पिक प्रणालीको सिकाइलाई मान्यता दिएको छ । नयाँ पाठ्यक्रमबारे हामीसँग विषयवस्तुमा पर्याप्त छलफल भएको छैन । यसका केही जटिलताहरु कायमै छन् । यसमा सरकारले वास्तविकता बुझेर निर्णय गर्ने अपेक्षा लिएका छौँ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    १० महिनापछि उपत्यकाका धेरै विद्यालय आजदेखि खुले

    केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

    कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, नयाँ प्रारूप विरुद्धको रिट सर्वोच्चद्वारा खारेज

    कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिँदै सिकाइ निरन्तरता अभियान शुरु

    समायोजनले गुल्मीका ३७ विद्यालय विलीन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राँगोले हान्दा वृद्धको मृत्यु

    बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

    भारतीय मजदुर ल्याउन नसक्दा देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

    चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

    मनाङको थोचेमा आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे

    राँगोले हान्दा वृद्धको मृत्यु

    बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

    आजदेखि स्वस्थानी व्रत एवं माघस्नान शुरु

    रंगशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो ४ करोड

    २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ निको, ३ जनाको मुत्यु

    राँगोले हान्दा वृद्धको मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    भारतीय मजदुर ल्याउन नसक्दा देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

    ज्योति विकास बैंकले १०% लाभांस दिने

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

    विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ: अर्थमन्त्री पौडेल

    सुनको मूल्य ओरालो लाग्यो

    सेतोखबर बिशेष

    नागरिक आन्दोलनमा बर्बरतापूर्वक दमनको बिरोध गर्दै तेश्रो जनआन्दोलनको घोषणा

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रेका नागरिकहरुमाथि सरकारले बर्बरतापूर्वक दमन गरेपछि नागरिक समाजका अगुवाहरुले तेश्रो जनआन्दोलनको घोषणा गरेका छन्...  विस्तृतमा

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑