सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
मेरिल्यान्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत समेत रहेका महतले गत अगस्त ७ गते आफू र आफ्नी जीवन सँगिनी कोरोनाबाट अछुतो हुन् नसकेको भनी सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । महावाणिज्यदूत महतले आफ्नै कोठामा एकान्तवास छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको समेत जानकारी गराएका थिए ।
कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत नै दिएका छन् । सकारात्मक सोच, आत्मविश्वास र दृढ अभिवृत्तिलाई सदैव आत्मसाथ गर्ने महतले सजिलै कोरोनालाई जितेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वभरि रहेका हजारौँ हजार इष्टमित्रहरूको आशीर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने बिश्वमहामारीको मूल जड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा