सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा । बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले मन्दिरमा पुजारीको गोली हानी हत्या गर्नेलाइ कारवाहीको माग गरेका छन ।
उनले रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलकाे हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या गर्नेलाई कारवाहीको माग गरेका हुन ।
जनता समाजबादी पार्टीका नेता समेत रहेका यादवले पुजारीको हत्या भएको तीन दिन बितिसक्दा पनि अनुसन्धानले केही नखुलेकाले अनुसन्धानमा विलम्ब नगर्ने आग्रह गरेका छन ।
नेता यादवले गएको बुधबार राति आफ्नै मन्दिरमा पुजारी साहको हत्या भएको भन्दै अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानूनी कारबाही गर्न सरकारसंग माग राखेको बताए ।
मृतक पुजारी साहले रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलनजिकै सार्वजनिक जग्गामा हनुमान मन्दिर बनाएर पूजाअर्चना गर्दै आएका थिए।
पुजारी साहले त्यही मन्दिरमा पाएको दान र भिक्षाबाट छाक टार्दै आएका थिए। उनी बुधबार राति ९ बजेतिर मन्दिरछेउ रहेको छाप्रो अगाडि खुला स्थानमा बसेर रोटी खाइरहेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा