सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । आजदेखी काठमाडौँ उपत्यकामा लागु भएको निषेधाज्ञामा कार्यालय हिँडेका बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । प्रहरीले बैकका कर्मचारी पनि रोकेपछि आज उपत्यका भित्रका सम्पुर्ण बैकका शाखाहरुको बैंकिङ सेवा नै बन्द गर्ने निर्णय गरिएको छ ।
बैंकका कर्मचारीलाई प्रहरीले दुख दिएको भन्दै नेपाल बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका शाखा खुलै राख्ने व्यवस्था भए पनि सुरक्षाकर्मीले भने कार्यालय हिँडेका कर्मचारीलाई बाटोमै रोकेका छन् ।
बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले ‘प्रहरीले बैंकका कर्मचारीलाई अनावश्यक दुःख दिएको ‘ भन्दै बुधबार बैंकका शाखा नखोल्ने निर्णय भएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा