सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्व कृषि विकास राज्यमन्त्री तथा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङको स्वाबमा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणले उनको नमुनामा कोरोना पोजेटिभ देखाएको हो । उनीसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकमा सहभागी भएकाले आफूलाई संक्रमण भएको तामाङको अनुमान छ । तामाङकी स्वकीय सचिव एलिशा थापाका अनुसार संक्रमण पुष्टि भएपछि तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेसनमा बसेकी छिन् ।
उपसभामुख तामाङले आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको उनले बताइन् । उपसभामुख तामाङमा सामान्य रुघाखोकी देखा परेको तर समस्या नै हुने किसिमको लक्षण नदेखिएको थापाको भनाइ छ । तामाङ नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा