सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोशल मिडिया प्लेटफर्म फेसबुकले कोरोना भाइरस कालमा आफना कामदारलाई उपहार दिएका छन् । जुलाई २०२१ सम्म कर्मचारीहरुलाई घरबाटै काम गर्ने सुविधा दिएका छन् । यति मात्र होइन वर्क फ्रम होमको आवश्यकतालाई पुरा गर्नको लागी कम्पनिले प्रत्येक कामदारलाई अतिरिक्त १,००० डलर पनि दिनेछ । यहि बिच कम्पनिले पनि आफनो रिमोट वर्कको समय बढाएको थियो । रपोर्ट का अनुसार, कम्पनिले विहिवार यो उद्धघोष गरेको थियो ।
कम्पनिको प्रवक्ता नेनिका नोरभिलि का अनुसार, हेल्थ एक्सपर्ट्स र सरकारी विशेषज्ञको सल्लाह र कम्पनिको भित्र पनि भएको चर्चा पछि हामिले यो निर्णय लिएका छौ कि कर्मचारी जुलाई, २०२१ सम्म आफनै इच्छाले घरबाट काम गर्न सक्नेछन् । यसको अलावा हामी उनीहरुको होम अफिसको आवश्यकताको लागी १,००० डलरको अतिरिक्त राशि पनि दिनेछौ ।
फेसबुकको लगभग ४८,००० कामदार मार्चदेखी नै घरमै बसेर काम गरीरहेका छन् । कम्पनिले यो भन्दा पहिला वर्क फ्रम होम को समय यो बर्षको अन्तसम्म बढाउने निर्णय गरेको थियो, तर कम्पनिको पछिल्लो बैठकले यसलाई बढाएर अगिल्लो बर्षको लुलाईसम्म पुर्याएको हो ।
फेसबुकले यो भन्दा पहिला पनि कामहरुलाई स्थायी रुपमा वर्क फ्रम होम सिस्टम अन्तर्गत गर्ने इशारा दिईसकेको छ । न्यू योर्क टाइम्स को रिपोर्ट अनुसार, कम्पनिका फाउण्डर तथा सिईओ मार्क जुकरबर्गले मे मा भनेका थिए कि कम्पनि आफना हजारौ कर्मचारीहरुलाई स्थायी रुपमा घरबाटै काम गर्ने मौका दिन सक्छ । यद्यपी, यसमा शर्त राख्न सकिन्छ कि यदि उनीहरु सिलिकन भ्यालीमा रहेको कम्पनिको अफिसमा बसेर काम गर्नुको सट्टा घरबाटै काम गर्न चाहेमा उनीहरुको पारिश्रमीक पनि त्यो हिसावमा कम नै हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा