सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सामान्यतया एउटा आमाले आफ्नो भर्खरै जन्मिएको बच्चालाई आफ्नो दूध चुसाउनु लाई स्तनपान भनिन्छ।
स्तनपान गराउँदा आमा र बच्चा दुबै लाई उत्तिकै फाइदा हुन्छ। बच्चाको सारीरिक तथा मानसिक भावनात्मक तवरमा हुने वृद्धि विकासलाई मध्यनजर गर्दै प्रत्यक बर्षको अगष्ट १ देखि ७ ( यो बर्ष नेपाली मिति श्रावण १७ देखि २३ गते सम्म परेको छ) सम्म विस्व स्तनपान सप्ताह मनाउने गरिन्छ। यस वर्ष को स्तनपान सप्ताहको नारा – “स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार” रहेको छ।
विशेष गरी स्तनपान बच्चाको लागि पुरा दुई वर्ष सम्म गराउनै पर्छ।
विस्व स्वास्थ्य संगठनले शिशु जन्मेको एक घण्टा भित्र पहिलो स्तनपान गराउने , बच्चा जन्मे देखि ६ महिना सम्म आमाको दुध मात्र चुसाउने, बच्चा ६ महिना पुरा भइसकेपछि आमाको दुध संगै थप खाना उपलब्ध गराउने र स्तनपान गराउँदा एक पटक मा एउटा स्तन मात्र चुसाउन को साथै कम्तीमा पनि १५ मिनेट सम्म स्तनपान गराउन पर्ने उदेश्यका साथ प्रत्येक वर्ष को अगस्ट १ देखि ७ सम्ममा स्तनपान सप्ताह मनाउँदै आएको छ।
आमाको पहिलो पटक स्तनपान गराउँदा निस्किने बाक्लो र पहेंलो रंगको पदार्थ (बिगौती अथवा कलोष्ट्रोम युक्त दूध) मा रोग प्रतिरोधा्मक तत्व पाइन्छ, जसले गर्दा नवशिशु मृत्युदर घटाउन मद्दत गर्दछ । कोही कोही आमाले भने पहिलो बिगौती दुध फालेर मात्र बच्चा लाई स्तनपान गराएको समेत सुन्न तथा देख्न पाइन्छ, त्यसैले स्तनपान बारे जान्न बुझ्न र छरछिमेकमा यसको महत्त्व बारे जानकारी दिन जरुरी देखिन्छ । स्तनपान ले शारीरिक तथा मानशिक तवरमा बलियो बनाउन समेत सहयोग गर्दछ। बच्चा ६ महिना पुरा भइसकुन्जेल सम्म आमाको दुध बाहेक अरु केही पनि दिनु हुँदैन ।
मेरो आफ्नै भोगाइमा पनि यस्ता प्रश्न हरु उठेका छन्:
– बच्चा को ओठ मुख सुके जस्तो लाग्यो त्यसैले अलिकति पानी खुवाइदिय केही त हुँदैन होला है ?
– छोरा को पास्नी ६ महिनामा गर्यौ अनि छोरीको ५ महिनामा ।
– बच्चा धेरै रोयो त्यसैले एक विर्को पानी खुवाए,
– मेरो बच्चा ले हिजो अथवा बिहान देखि पिसाव फेरेको छैन के भयो होला?
यस्ता प्रश्नहरूहरु समुदाय तथा स्वास्थ्य संस्था मा पनि नभेटिएका हैनन् त्यसैले पूर्ण स्तनपानका लागि सबै भन्दा सस्तो, सहज, सरल तथा सम्पूर्ण तत्वको मिसावट नै आमाको दुध हो । बच्चालाई चाहिने पानीको मात्रा पनि आमाको दुध मा पाईन्छ त्यसैले ओठ मुख सुकेको छ भनेर पानी हैन बच्चालाई पुगुन्जेल स्तनपान गराउन जरुरी हुन्छ भने बच्चा ६ महिना पुरा भइसकेपछि आमाको दूधले मात्र नपुग्ने हुँदा थप खानाको आबस्यकता पर्ने गर्दछ।
बच्चा लाई २ बर्ष सम्म थप खाना संगै स्तनपान गराउँदा धेरै उपयुक्त हुन्छ। कतिपय आमा हरु स्तनपान नगराउने पक्ष मा देखेकी छु। दुध आउँदैन भनेर बजारमा चल्दै आएका सरलेक्स तथा ल्याक्टोजन नामक पाउडर दूध को प्रयोग धेरै देखिन्छ । यदि आमा बिरामी हुनुहुन्छ ज्वरो आएको छ, पसिना छुटेको छ र आमा तनावमा हुनुहुन्छ भने पनि दूध प्रसस्त मात्रामा बन्दैन त्यसैले यसो हुनबाट जोगिनकालागि तरल पदार्थ धेरै दिने, २ घण्टा को फरक पारी स्तनपान गराई राख्ने , आमालाई तनाव बाट छुटकारा दिलाउने, पौष्टिक आहार उपलब्ध गराउने ।
यदि आमाले औषधी प्रयोग गर्दै हुनुहुन्छ भने पनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार स्तनपान गराउनु पर्ने हुन्छ।
देश विकासोन्मख तिर जाँदै गर्दा स्तनपानमा कमी आएको देखिन्छ। स्तनपानमा कमी आउनु को मूख्य कारण हरु जस्तै, बच्चा कम तौलको जन्मिनु, आमाले आफ्नो figure maintain गर्न खोज्नु, बच्चाको जन्मजात खुडो हुनु अथवा बच्चाले स्तनपान गर्न नसक्नु, आमा अफिसमा व्यस्तताको कारण बच्चालाई समय दिन नसक्नु , बच्चा जन्मिसकेपछि आमाको मृत्यु हुनु तथा आमा र बच्चा छुट्टिनु पर्ने अबस्था संगै आमालाई सरुवा रोग हरु लागेको इत्यादि हुन सक्छन्।
बच्चा बिरामी हुँदा स्तनपान गराई राख्नु पर्छ जसले गर्दा बच्चा चाँडो स्वस्थ हुन्छ।
यदि बच्चा लाई झाडापखाला लागेको छ भने स्तनपान गराउन रोक्नु हुँदैन किन भने पखाला लाग्दा बच्चा लाई जलवियोजन ( dehydration) हुने हुँदा ज्यान समेत जान सक्छ त्यसैले औषधी को प्रयोग भन्दा पनि हेरचाह नै धेरै उपयुक्त हुन्छ। पखाला लाग्दा छिटो छिटो स्तनपान गराउनुका साथै थप पानी पनि पिलाउनु पर्ने हुन्छ।
दिनरात गरेर कम्तीमा पनि १० पटक सम्म स्तनपान गराउनु पर्छ। कतिपय आमाहरूले बच्चा सुतेको छ भनेर उठाएर स्तनपान नगराउने तर रोएको बेला मात्र गराउने बानी हुन सक्छ यस्तो पटक्कै नगर्नुहोस् किन भने भर्खरै जन्मिएको शिशु कम्तीमा पनि २० देखि २२ घण्टा सम्म सुत्ने गर्दछ । बच्चा धेरै सुत्यो भनेर चिन्ता नलिनुहोस् तर २ घण्टाको फरकमा विउँझाएर स्तनपान गराउनुहोस्।
यदि बच्चाले लामो समय सम्म पिसाब फेरेन भने नडराउनुहोस् बच्चा लाई प्रसस्त मात्रामा स्तनपान गराउनुहोस् किन कि उसको शरीरमा पानीको मात्रा कम भएर पिसाव नगरेको हुन सक्छ।
यदि बच्चा कम तौलको भएर अथवा महिना नपुगी जन्मिएको छ जसले गर्दा स्तनपान गर्न सकेको छैन भने चम्चा मा राखेर पनि चुसाउन सकिन्छ । न्यानो कपडा लगाएर उसको शरीरको तापक्रम लाई मेन्टेन गर्नुको साथै शिशु लाई आमा अथवा बाबाको छातीमा राखेर न्यानो गर्नु पर्छ जस्लाई काँगारो किएर पनि भन्ने गरिन्छ। कँगारो किएर गर्दा आमाले बच्चा लाई स्तनपान गराउन सक्ने आसनमा राखिन्छ। स्तनपान गराउँदा आमा ले बच्चालाई छुनु अघि राम्ररी हात धुनु को साथै स्तन सफा गर्नु पर्छ, जसले गर्दा बच्चा संक्रमण को शिकार हुन बाट जोगिन्छ। स्तनपान गराउँदा आमा र बच्चा दुबैको आसनमा ध्यान दिन जरूरी हुन्छ किन भने आसन नमिल्दा बच्चा ले असहज महसूस गर्न सक्छ।
बच्चाको ओठ र तालु खुड़ों परेको छ भने स्तनपान गराउनको लागि बिशेष सहयाेग को आवश्यकता पर्दछ । दुध खुवाउँदा ओठ फाटेको ठाउँमा आफ्नो औला राखेर सहायता दिन सकिन्छ , तर तालु खुला छ भने स्तनपान गराउँदा बच्चालाई सीधा पारेर राख्नु पर्छ र बच्चाले स्तन च्यापिसकेपछि आमाले हातले स स्तन निचरेर सहयोग गर्नु पर्ने हुन्छ।
यदि बच्चा लाई जन्डिस अथवा कमलपित्त भएको छ भने प्रसस्त मात्रामा स्तनपान गराउनुको साथै बिहानको घामको किरणमा नाङ्गै (मुख छोपिने गरी) राख्नु पर्छ। बच्चा लाई विशेष गरी उज्यालो कोठामा राख्नु उपयुक्त हुन्छ। कतिपय जुम्ल्याहा बच्चा को अवस्थामा एउटाले मात्र टन्न खाने र एउटालाई नपुग्ने हुन सक्छ, यस्ता अवस्थामा आमा आफैले ध्यान दिन जरुरी हुन्छ। ( यो अवस्था प्रायः एउटा बलियो र अर्को कमजोर जन्मिएको अवस्थामा हुन सक्छ)
स्तनपानका फाइदा हरू:
स्तनपान एक अपरिहार्य कुरा हो जुन आमा र बच्चा दुबैको लागि महत्वपूर्ण भूमिका खेलेको छ। स्तनपान का फाइदाहरु निम्न प्रकारका छन्।
१. बच्चा लाई स्वस्थ राख्नु का साथै रोग प्रतिरोधात्मक क्षमता को विकास गराउँछ।
२. बच्चा लाई कुपोषण बाट जोगाउँछ।
३. बच्चा को सारिरिक, मानशिक तथा भौतिक विकास गराउँछ।
४. बच्चा लाई जन्डिस ( कमलपित्त) , मधुमेह, झाडापखाला, क्यान्सर, निमोनिया हुन बाट जोगाउछ ।
५. आमालाई बच्चा जन्मिदै गर्दा अथवा बच्चा जन्मेको केही समय पछि हुने अत्यधिक रक्तश्राव बाट जोगाउँछ (जुन हर्मोनको सहायता ले पाठेघरको मुख खुम्च्याउन मद्धत गर्छ) ।
६. आमा र बच्चा दुवैलाई आत्मीय सम्बन्ध कायम राख्न को साथै सुरक्षित महसुस गराउँछ।।
७. आमाको स्तन गानिन बाट बचाउँछ।
८. आमाको मानसिक तनाव कम हुन सहयोग गर्दछ।
९. पाठेघर को क्यान्सर हुनबाट जोगाउँछ।
१०. आमाको दूध जहिले , जतिखेर पनि सफा, तयार र सही तापक्रम मा रहेको हुन्छ।
११. स्तनपान गराउन पैसा खर्च हुँदैन ।
१२. पूर्ण स्तनपान को नियम पालना गर्न सके चाँडो गर्भवती हुन बाट रोक्छ।
रेणु सिंह
स्वामीकार्तिक गाउँपालिका – ५, बाजुरा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
बि.एम.एस् दोस्रो वर्षमा अध्ययनरत
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा