सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका प्रारम्भिक लक्षणका आधारमा स्वाब परीक्षण गर्दा आचार्यलाई कोरोना पोजेटिभ देखिएको हो । आचार्य, उनकी श्रीमती र छोरालाई कोरोना पोजेटिभ देखिएको हो ।
परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैंले स्वाब परीक्षण गराएका थिए । मुख्य न्यायधिवक्ताको सचिवालयका अनुसार उनीहरुमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत खुलेको छैन ।
आचार्यका परिवार विराटनगर महानगरपालिका -५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन बसेका छन् । उनी दुई हप्ता यता कार्यालय गएका छैनन् ।
आचार्यसहित तीन जनालाई नै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ । यसअघि प्रदेश २ संघीय सांसद र महानगरका मेयरसहितलाई कोरोना देखिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा