सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली । मंगलवारदेखि सुदूरपश्चिममा कोरोना भाईरसको दैनिक संक्रमण दर फेरी बढेको छ। मंगलावार मात्रै प्रदेशका ८० जनामा कोरोना पुष्टि भएकोमा बुधवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।
सूचना अधिकारी श्रेष्ठका अनुसार सबैभन्दा बढि डोटीको आदर्श गाउँपालिकामा ३७ जनामा कोरोना देखिएको छ। उनीहरु मध्ये १४ महिला र २३ पुरुष रहेका छन्। चार जना भने एक बर्षमूनीका बालबालिका समेत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
सुदुरपश्चिममा दैनिक संक्रमितको संख्या बढ्दै , डोटीमा१ वर्ष मुनिका ४ बालकमा कोरोना पोजेटिभयस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला गरी पाँच जना, बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा समेत कोरोना पुष्टि भएको उनले बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको भजनी नगरपालिकाका तीज पुरुष र दुई महिला गरी पाँच जना, बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा पनि कोरोना पुष्टि भएको छ।
डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले दिनेश खवरलाई बताए। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार ८ सय ७३ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।
सुदुरपश्चिममा दैनिक संक्रमितको संख्या बढ्दै , डोटीमा१ वर्ष मुनिका ४ बालकमा कोरोना पोजेटिभस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार १९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ५२, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय २३, डडेल्धुराका तीन सय सात, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा